दफा
पानीको स्रोत तथा मुहानको संरक्षण
(१) पानीको स्रोत तथा मुहानको संरक्षण नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहको समन्वयमा हुनेछ।

(२) खानेपानीको स्रोत तथा मुहानको संरक्षणका लागि देहाय बमोजिमको कार्य गर्नु पर्नेछ:-

(क) पानीको स्रोतको -संरक्षणको लागि बाढी, पहिरो

नियन्त्रण गर्ने,

(ख) पानीको स्रोतलाई प्रदुषित हुन नदिन आवश्यक व्यवस्था गर्ने र पानीको स्रोत नष्ट वा लोप हुनबाट बचाउने,

(ग) पानीको मूल वा मुहानलाई दिगो बनाई राख्न उपयुक्त उपाय अवलम्बन गर्ने तथा नियमित रूपमा मर्मत सम्भार गर्ने,

(घ) पानीको संरक्षण, सम्बर्द्धन र समुचित उपयोग सम्बन्धमा उपभोक्ता वा सम्बद्ध पक्षहरुको लागि सचेतना वा अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने,

(ङ) पानीको स्रोत प्रदूषण हुन नदिन तथा पानीको मूल वा वहाव क्षेत्रको संरक्षण गर्न जैविक खेती गर्न कृषकलाई प्रोत्साहित गर्ने,

(च) खानेपानीको मूल वा वहाव क्षेत्र वा सो क्षेत्रका

प्राणीमा प्रतिक्‌ल असर पर्ने गरी विषादी वा विष्फोटक पदार्थ प्रयोग गर्न बन्देज गर्ने, र

(छ) खानेपानीको स्रोत र मुहान संरक्षण सम्बन्धी

अन्य कार्य गर्ने ।